• ट्रेण्डिङ्ग :
सुनको मूल्य बुधबार प्रतितोला १४ सयले बृद्धि

सुनको मूल्य बुधबार प्रतितोला १४ सयले बृद्धि


  • 1.8K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 2.7K Views

    सुनको मूल्य बुधबार प्रतितोला १४ सयले  बृद्धि

    काठमाडौं १७ पुस । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ ।

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।  आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    तेस्रो आँखा