काठमाडौं, १८ पुस । नेपालमा अन्डाको मूल्यले नयाँ उचाइ छोएको छ। माग र उत्पादनबीचको असन्तुलनले अन्डाको मूल्य लगातार बढिरहेको छ। व्यवसायीहरूले मंसिर १५ यता सातैपिच्छे मूल्य वृद्धि गर्दै आएका छन्।
मंसिर १५ मा मिडियम अन्डाको एक क्रेटको मूल्य ४४० रुपैयाँ थियो, भने ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ थियो। मंसिर २८ सम्म मिडियम अन्डा ४७० र ठूलो अन्डा ४८५ रुपैयाँमा पुग्यो। हाल पुस १२ मा मिडियम अन्डाको मूल्य ५०० र ठूलो अन्डाको ५१५ रुपैयाँ पुगेको छ। खुद्रा बजारमा एउटा अन्डाको मूल्य २५ रुपैयाँसम्म पुगेको छ।
नेपाल लेयर्स कुखुरापालक संघका अनुसार उत्पादनमा कमी र दानाको मूल्य वृद्धिले अन्डाको मूल्यमा लगातार वृद्धि भएको हो। संघका संस्थापक अध्यक्ष विनोद पोखरेलका अनुसार कोभिड(१९ पछि ६०५ कुखुरा किसान विस्थापित भएका छन्, जसका कारण दैनिक उत्पादन ३०(३२ लाख गोटामा सीमित छ।
किसानहरूले एउटा अन्डा १७ रुपैयाँमा बेच्दै आएका छन्, तर खुद्रा बजारमा उपभोक्ताहरूले २२।५० देखि २५ रुपैयाँसम्म तिर्नुपरेको छ। चिसो मौसम, पर्यटकहरूको आगमन, र उपभोक्ताहरूमा अन्डाको स्वास्थ्य लाभप्रति जागरुकताले मागमा वृद्धि भएको छ।
सरकारले अन्डामा आत्मनिर्भरता घोषणा गरे पनि उत्पादन मागको तुलनामा १०५ अपुग छ। पशु सेवा विभागले दानाको मूल्य वृद्धिले ७५५ योगदान गरेको जनाएको छ। मूल्य निर्धारणमा चितवनलाई आधार मानिने भएकाले व्यवसायीहरूको सिन्डिकेटले पनि मूल्य वृद्धि गरेको आरोप छ।
