काठमाडौं १९ पुस । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
