काठमाडौं, २५ फागुन। महिला क्रिकेट भनेपछि निधार खुम्च्याउँनेहरु पनि अचेल महिला क्रिकेट हेर्न तम्सिन्छन्। चलिराखेको महिला विश्वकप २०२२का खेलहरु पनि उत्तिकै रोमाञ्चक छन्।
मार्च ४ मा भएको न्युजिल्यान्डसँगको खेलमा अन्तिम ओभरमा रोमाञ्चक जित हासिल गरेका वेस्ट इन्डिज महिलाहरुले आज अर्थात् मार्च ९ मा इंग्ल्याण्डलाई आफूले दिएको २२६ रनको लक्ष्यलाई डिफेन्स गर्ने क्रममा इंग्ल्याण्ड महिलालाई २१८ रनमा अलआउट पार्दै सात रनले रोमाञ्चक जित हासिल गरेका हुन्।
४६ औँ ओभर खेलिसक्दा इंग्ल्याण्ड जितको एकदमै नजिक थियो भने वेस्ट इन्डिजले जितको लागि दुई विकेट लिनु पर्ने थियो। अनिसा मोहम्मदले बलिङ गरेकी उक्त ओभरको पहिलो बलमा नै इंग्ल्याण्डकी केट क्रोस रन आउट हुन पुगिन्। केट क्रोसको विकेटसँगै खेल अझ रोमाञ्चक मोडमा पुग्यो। तर अनिसाले आफ्नो बलिङबाट कत्ति पनि विचलित नभइकन बलिङ गरिन् र ओभरको चौथो बलमा श्रुवसोलको अन्तिम विकेट लिँदै टिमलाई जिताउन सफल भइन्। याे जितसँगै इंग्ल्याण्ड महिलालाई विश्वकप इतिहासमा पहिलाे पटक हराउन सफल भएकाे छ।
वेस्ट इन्डिजका लागि शेमेन केम्पबेलले सर्वाधिक ६६ रन, चिडियन नेशनले अभिजित ४९ रन, डियन्ड्रा डोटिनले ३१ रन, हेलि मेथ्युजले ४५ रन बनाए भने बलिङ तर्फ कोनेलले तीन विकेट, हेलि मेथ्युजले र अनिसा मोहम्मदले समान दुई विकेट लिए भने आलिया र स्टेफेन टेलेरले एक विकेटमै चित्त बुझाए।
त्यस्तै इंग्ल्याण्ड महिलाका लागि वियोमन्टले सर्वाधिक ४६ रन बनाउँदा, सोफियाले ३८ रन, डानि र सोफी एकलेस्टोन (अभिजित) ले समान ३३ रन जोड्न सफल हुँदा केट क्रोसले सत्ताइस रन बनाइन् भने बलिङतर्फ सोफी एक्लेस्टोनले तीन विकेट प्राप्त गरिन् भने सिभरले एक विकेटमा नै चित्त बुझाइन्।
जितसँगै वेस्ट इन्डिज दुई खेलमा दुई जित हासिल गर्दै चार अङ्कसहित तालिकाको दोश्रो स्थानमा रहेको छ। वेस्ट इन्डिजले आफ्नो अर्को खेल मार्च १२ मा भारतीय महिलाहरुको सामना गर्दैछ। चम्किँदा इन्डिज महिलाहरु त्यो खेलमा चम्किन सक्छन् या सक्दैनन् त्यो त खेलले नै बताउला।
करिष्मा ढकाल
