राखेप बोर्ड सदस्यहरूद्वारा सपथ ग्रहण

राखेप बोर्ड सदस्यहरूद्वारा सपथ ग्रहण


  • 2.6K
    SHARES
    • पौष १९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    राखेप बोर्ड सदस्यहरूद्वारा सपथ ग्रहण

    काठमाडौँ १९ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गर्नुभएको छ । उहाँहरूलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सपथ ग्रहण गराउनुभएको हो । 

    images

    सपथ ग्रहण गर्ने सदस्यहरूमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) हुनुहुन्छ । 

    खेलकुद मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सबै सदस्यहरूलाई बधाई दिँदै आफ्नो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह गर्नुभयो । यही पुस ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठ जनालाई नियुक्त गरेको थियो । 


    तेस्रो आँखा