• ट्रेण्डिङ्ग :
सुनको भाउ तोलामा एक हजार पाँच सयले घट्यो

सुनको भाउ तोलामा एक हजार पाँच सयले घट्यो


  • 2.0K
    SHARES
    • पौष २१, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.1K Views

    सुनको भाउ तोलामा एक हजार पाँच सयले घट्यो

    काठमाडौं २१ पुस । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा एक हजार पाँच सयले घटेको छ । शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा