२४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि


  • 7.1K
    SHARES
    • फाल्गुण २५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २५ फागुन । पछिल्लो २४ घण्टामा नेपालभर २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा १० हजार ९२ जनाको नमुना परीक्षण गर्दा दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    छ हजार नौ सय ३६ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा ६८ जनामा र तीन हजार एक सय ५६ जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय ५१ जना कोरोना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन । 

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार छ सय ९२ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना

  • तेस्रो आँखा
    लेखकबाट थप