काठमाडौँ, २२ पुस । नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।
अघिल्लो दिन भने सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ बढेर कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो ।
