बझाङमा बाटोमै बच्चा जन्माएकी महिला र नवजात शिशुको मृत्यु

बझाङमा बाटोमै बच्चा जन्माएकी महिला र नवजात शिशुको मृत्यु


  • 3.8K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.8K Views

    बझाङमा बाटोमै बच्चा जन्माएकी महिला र नवजात शिशुको मृत्यु

    काठमाडौं २३ पुस । बझाङमा अस्पताल पुर्‍याउने क्रममा गर्भवती महिला र उनको नवजात शिशुको मृत्यु भएको छ । केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो ।

    images

    बोहरालाई प्रसूति गराउनका लागि स्थानीय महिलाहरूको सहयोगमा अस्पताल लैजाने प्रयास भइरहेको थियो । तर, बाटोमै सविताले नवजात शिशुलाई जन्म दिइन् । दुर्भाग्यवश, अत्यधिक रक्तश्रावका कारण सविताको ज्यान गयो ।

    शिशुको पनि केही समयपछि निधन भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए । समयमै अस्पताल पुर्‍याउन नसक्दा शुत्केरी र नवजात शिशुको मृत्यु भएको उनको भनाई छ ।

    बझाङ, बाजुरा, अछाम लगायत जिल्लाका दुर्गभ भेगमा समयमै प्रसुती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा बर्सेनि अकालमै ज्यान गुमाउनुपर्ने नियति भोग्नु परेको छ ।


    तेस्रो आँखा