सामाजिक सुरक्षा कोषमा आवद्ध ५ हजार बढिले प्रतिष्ठानबाट उपचार सेवा पाउने

सामाजिक सुरक्षा कोषमा आवद्ध ५ हजार बढिले प्रतिष्ठानबाट उपचार सेवा पाउने


  • 4.6K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.0K Views

    सामाजिक सुरक्षा कोषमा आवद्ध ५ हजार बढिले प्रतिष्ठानबाट उपचार सेवा पाउने

    दाङ २३ पुस । दाङबाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएका सबैको उपचार अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार अब प्रतिष्ठानमा हुने गरी सम्झौता गरीएको बताए । सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको सामान्य उपचारदेखी अप्रेसनसम्मको सेवा प्रतिष्ठानवाट उपलब्ध हुनेछ ।

    images

    आज काठमाण्डौमा एक कार्यक्रमका बीच प्रतिष्ठानका रजिष्ट्रार लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारी विच सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार प्रतिष्ठानवाट प्राप्त गर्ने गरी सम्झौता गरीएको हो । दाङबाट मात्रै सामाजिक सुरक्षा कोषमा ५ हजार बढि ब्यक्ति आवद्ध रहेका छन् । कोषमा आवद्ध ब्यक्तिहरुको उपचार गर्ने गरी सम्झौता भएको देशैभरीको पहिलो प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको छ ।

    कोषमा वैदेशीक रोजगारमा गएका ब्यक्तिहरु, विभिन्न बैक तथा कम्पनिका सुरक्षा गार्ड कम्पनिमा आवद्ध सुरक्षा गार्डहरु, कर्मचारीहरु आवद्ध रहदै आएका छन् । यसअघि घोराहीको मितेरी हस्पिटलवाट उपचार हुँदै आएकोमा अव विशेषज्ञ सेवासहीत सेवा प्रतिष्ठानवाट कोषमा आवद्ध भएका ब्यक्तिहरुको उपचार हुनेछ । कोषमा आवद्ध विरामीले २४ घण्टाभित्र अनलाइन रेकर्ड बुझाएमा उपचार गर्दा लागेको रकम भुक्तानि हुने छ ।


    तेस्रो आँखा