दाङ, २३ पुस । गत बुधवारदेखि उकालो लागेको नेप्से मंगलबार पनि बढेको छ । साेमवार ४९ अङ्क बढेकाे नेप्से परिसूचक मंगलवार ६.१६ अंकले बढेर पाँचौं दिन पनि बजार बढेको हो ।
नेप्से आज २६४६ मा पुगेको छ । बजारको परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ३० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३८ करोडको भयो ।
१२६ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स समूह २.६५, व्यापार ०.५९, निर्जीवन बीमा ०.४२, माइक्रोफाइनान्स ०.४४, जीवन बीमा ०.६७, हाइड्रोपावर ०.४२, विकास बैंक ०.८० प्रतिशत बढे । यस्तै बैंकिङ ०.२७, होटल तथा पर्यटन ०.०४, अन्य ०.१८ र उत्पादन समूह ०.२५ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । सिन्धु विकास बैंकको ९.७, समृद्धि फाइनान्सको ९, सामुदायिक लघुवित्तको ८.६ र अपरहेवाखोलाको ८.३ प्रतिशत मूल्य बढ्यो ।
आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको मूल्य भने १० प्रतिशतले घट्यो ।
