बागरमा सञ्चालन हुने महोत्सवको तयारी तीव्र

बागरमा सञ्चालन हुने महोत्सवको तयारी तीव्र


  • 7.0K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 10.8K Views

    बागरमा सञ्चालन हुने महोत्सवको तयारी तीव्र

    तुलसीपुर, २३ पुस । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरमा सञ्चालन हुने महत्सवको तयारी तीव्र पारिएको छ । यही पुस २८ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

    images

    फ्रेन्डस् स्केट जोन प्राली नारायणपुरको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सह–आयोजनामा बागर खोलास्थित हाटहजार लाग्ने स्थानमा प्रथम दंगीशरण कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव–२०८१ सञ्चालन गर्न लागेको संयोजक अजय बुढाथोकीले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको ५० प्रतिशत तयारी पुरा भइसकेको छ ।

    स्थानीयस्तरका कृषि सामग्री प्रर्बद्धन गरी कृषकलाई प्रोत्साहन गर्ने, दंगीशरण भित्रका ऐतिहासिक, पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा स्थानीयसँगै राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ । दर्शकलाई महोत्सव स्थलमा प्रवेशका लागि शूल्क १०० रुपैयाँको टिकट राखिएको छ । 

    झण्डै ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट ६० लाख भन्दा धेरै रकम संकलन हुने अनुमान गरिएको संयोजक बुढाथोकीले जानकारी दिनुभयो ।


    तेस्रो आँखा