तुलसीपुर, २६ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ काे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । शुक्रबार दलित महिला संघ दाङकाे आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ काे समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे । दलित महिला संघ दाङका अध्यक्ष युवा करराकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारीकाे उपस्थितिमा भएको थियोे ।
चौमासिक अवधिमा भएका कामको समीक्षा तथा नागरिकका गुनासो र सुझाव सङ्कलन गर्न सार्वजनिक सुनुवाइ आयोजना गरिएको हो। साथै वडाध्यक्ष भण्डारीले ३ महिनाकाे अवधिमा सार्वजनिक सुनुवाइ गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
वडाका समग्र वडावासिहरुले विकास निर्माणका काममा देखिएका समस्याबारे गुनासा राख्दै वडा सरकारलाई नागरिकमैत्री र गुनासोरहित सेवा प्रदान गर्न आग्रह गर्नुभएको छ । नागरिकले खाेजेकाे र लिन चाहेको सेवा प्रवाह दिन वडावासीहरुकाे माग छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बाट दिगो विकास सुरु गराैं भन्ने अभियान सहित काम गरेकाे वडाध्यक्ष भण्डारीले बताउनु भएको छ ।` हामिले निर्वाचनकाे समयमा जनताहरु समक्ष २१ वटा प्रतिबद्धता गरेका थियौ´ उहाँले भन्नुभयो, ` उक्त प्रतिबद्धता हेरेर प्रतिबद्धता अनुसार काम भएकाे छ कि छैन भनि जनताहरुले हामीले समयसमयमा झक्झकाउना आउन सम्कनुहुन्छ । हरेक प्रयास गर्दा पनि युवाहरुलाई राेजगारिमा अग्रसरता गराउन नसकेका उहाँको भनाइ छ । उहाँले याे बर्ष देखि २० जना महिलाहरुलाई राेजगारीकाे अवसर दिने निर्णय गरि उक्त निर्णय कार्यन्वयनमा लागि परेको कुरा जानकारी दिनुभएको हाे ।
`१९ वटै वडाबाट खेलाडीहरुलाई खेल खेल्नाका लागि ६ नम्बरको वडाकप सुरु गर्ने याेजनामा रहेको उहाँले भन्नुभयाे, ` मेयर कप संचालन नभएको पनि धेरै समय भइसकेको छ उक्त कपलाइ झकझकाउने तरिकाले वडाध्यक्ष कप खेल सुरु हुँदै´ । सबै जनताले मेराे टाेलमा नै विकास हुनुपर्छ भन्ने हाेइना तर समग्र वडाकाे विकास निर्माण हुनुपर्छ भन्ने साेच्न अग्रह गर्नुभयो । याे साल भनेकाे कामम विकास हुन नसके पनि अर्को साल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्ष भण्डारीले भूमिहीन सुकुम्बासीका लागि २हजार २ सय जनाको विवरण अनलाइन सूचीकृत भइसकेको र चाँडै लालपुर्जा पाउने प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयाे ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा सचिव मित्रलाल विकले वडा कार्यालयले गरेका गतिविधिहरुकाे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे र प्रतिवेदन अनुसार ६ नम्बर वडाकार्यालय भित्र पर्ने `क´ वर्गका सडकहरु ७ वटा रहेका छन । ६ नम्बर वडा कार्यालय भित्र विभिन्न संघिय तथा प्रदेशिक अन्तर्गतका सार्वजनिक कार्यलयहरु पर्दछन । वडा कार्यालय भित्र १ वा समुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरु रहेका छन ।
अहिलेकाे जनप्रतिनिधिहरु निर्वाचन भएर आइसके पछि कमल ताललाई व्यवस्थित तथा पर्यटनमुल्क ताल निर्माण भएको छ । करिब १२ सय मिटरसम्म पकि नाला निर्माण गरिएको छ । साथै ७ किलोमिटर बाटो ग्राभेल तथा स्ताेराेउन्ती गरिएकाे, सडक स्ताेराेउत्तिकाे क्रममा ८० पाेल व्यवस्थापन तथा ६० वटा नयाँ पाेल गाडिएको, २०७९/८० मा १ करोड ११ लाख ५५ हजार १७८ रुपैया (हालसम्मकै बढी) राजस्व संकलन, उज्यालो वडा घाेषना गर्ने उदेश्यले धेरै टाेलहरुमा सडक बति जडान गरिएको लगायतका महत्त्वपुर्ण कामहरु सम्पन्न भएका छन ।
६ नम्बर वडाकाे आर्थिक बर्ष २०८१/८२ काे कुल बजेट १ कराेड ६० लाख बजेट मध्ये चालुतर्फ ६४ लाख ९७ हजार मध्ये १२ प्रतिशत खर्च भइसकेको छ । त्यस्तै पुजिगततर्फ ९५ लाख ३ हजार मध्ये २ प्रतिशत खर्च भएको छ ।
।
सार्वजनिक सुनुवाइ कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडरकाे प्राङ्गणमा भएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण नानीमैया केसीले गर्नुभएको थियोे ।
