मुक्तक -१
हिड्दा हिड्दै कहाँ पुग्छु कुनै भर हुदैन
सडकमा हिड्ने कुकुरको कुनै घर हुदैन॥
मुटुभरि वचनको ठुला ठुला चोट लाग्दा
त्यति बेला मारे पनि कुनै दर हुदैन॥
मुक्तक -२
झन झन चर्किएर बढ्दै छ मनमा चोट
न यसको उपचार गर्दै छ मनमा चोट॥
जिन्दगी भरि जसले दियो कुनै औषधि
निको नहुने गरि दिदै छ मनमा चोट॥
मुक्तक- ३
रहर रहर मै हराएको सहरमा छु म
चाहाना चाहाना मै बगाएको नहरमा छु म॥
इच्छा रेटिएको पिडा नसोध मलाई कति छ भनेर
खुशी नै खुशी टुक्रिएको बगरमा छु म॥
मुक्तक- ४
सबै आफ्नो हुन्न मान्छे भिरमा फालिदेला
तिम्रो सबै इज्जत लुटी नाङ्गो पारिदेला॥
आफु एक्लै भएको कुरा सेयर नगर्नु कहिले
फेरि मुर्खहरु आई त्यहि निर मारिदेला॥
मुक्तक- ५
फुल्न नपाई कोपिला मै झरेछु भने म
सङ्घर्ष गर्दागर्दै अप्ठ्यारोमा परेछु भने म॥
नरूनु है मेरी आमा आखाँ भरि आशु पार्दै
गन्तव्यको बाटोमा नपुग्दै मरेछु भने म॥
लेखक - रेजिना संघर्ष जोशी (सुनिलस्मृति -८ अरेश,रोल्पा)
