गजल-१
कहिले मान आउँछ कहिले अपमान आउछ।।
कहिले दु:ख कहिले खुसी थान थान आउछ।।
यहाँ चिनजान भएका पनि ताधिएर जान्छ्न,
कोहि नयाँ चिनजान गर्न अनजान आउँछ।।
कति दिन तिम्रो यादमा एक्लै तद्पिएर बस्नु,
भन्देउ कहिले तिम्रो काख मेरो सिरान आउँछ।
प्रिया बेलैमा तिम्रो बानी सुधार्ने कोसिस गर,
नत्र फेरि बानी सुधार्न नयाँ बिधान आउँछ।।
अरे तिमी आफ्नो घमण्ड फैलाउने काम नगर,
महोदय एकदिन तिम्रो नामको चिहान आउँछ।
गजल-२
उसको लागि एउटा छुट्टै सानो घर बनाइदेउ।।
उसलाई पिपल मलाई एक्लो वर बनाइदेउ।।
तिम्रो राजधानि लाई मात्र कति चम्काउछौ,
सरकार ! यो मेरो गाउँ पनि शहर बनाइदेउ।।
भुलेर जाने मान्छेलाइ म पनि भुल्न चाहान्छु,
उसको जस्तै मेरो मन पनि पत्थर बनाइदेउ।।
मै पागल हु! उसको जिबनमा बोझ बनेको,
मलाइ हटाएर उसको जीवन सुन्दर बनाइदेउ।।
मैले उसको दिल मा अन्न फलाउनै सकिन,
अब उसको दिलको खेतबारी बन्जर बनाइदेउ।
प्रियसि योगेन्द्र छेत्री
सुनिलस्मृति -७ रोल्पा_✍️
