• ट्रेण्डिङ्ग :
ह्वात्तै बढ्यो सिमेन्टको मूल्य

ह्वात्तै बढ्यो सिमेन्टको मूल्य


  • 5.8K
    SHARES
    • पौष २९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 8.9K Views

    ह्वात्तै बढ्यो सिमेन्टको मूल्य

    दाङ, पुस २९ । सिमेन्ट उद्योगहरुले विभिन्न बहाना देखाउदै सिमेन्टको मुल्य एक्कासी ह्वात्तै बढाएका छन् ।
    गत महिना प्रति बोरा ४ सय २५ मा पाइने पीपीसी सिमेन्टको मुल्य अहिले ५ सय ४० पुगेको छ । यस्तै गत महिना प्रति बोरा ५ सय ३५ मा पाइने ओपीसी सिमेन्ट अहिले ६ सय ३५ पुगेको छ । सिमेन्टको मूल्य वृद्धिसँगै बजारमा सिमेन्टको अभाव पनि सिर्जना भएको छ ।
    सिमेन्ट उद्योगहरूले उत्पादन घटाएर अभाव सिर्जना गरी मुल्य बढाएको घोराही हार्डवेयर व्यवसायी समितीका अध्यक्ष दामोदर केसीले बताउनुभयो । ‘उद्योगहरूले विभिन्न बहानामा उत्पादन घटाएका छन् भने मुल्य वृद्धि पनि गरेका छन्’ केसीले भन्नुभयो ‘यसमा सरकार मौन बसेको छ ।’ उद्योगले मूल्य वृद्धि गरेको र समयमा सिमेन्टसमेत नदिएको भनेर सम्बन्धित निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ ।
    पछिल्लो केही दिन यता जिल्लामा सिमेन्ट सहज रूपमा पाउन नसक्दा विकास निर्माणमा समेत समस्या भएको दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविण भण्डारीले जानकारी दिनुभयो । अहिले कतिपय निर्माण व्यवसायीहरूले सिमेन्ट नपाउँदा काम समेत रोक्नु परेको भण्डारीको भनाई छ ।
    सिमेन्ट उद्योगले मूल्य वृद्धि गरेको र उत्पादन घटाएको विषयमा सिमेन्ट उद्योगका प्रतिनिधिहरू भने मौन बस्ने गरेका छन् ।

    images


    तेस्रो आँखा
    लेखकबाट थप