• ट्रेण्डिङ्ग :
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि


  • 3.0K
    SHARES
    • माघ २, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.6K Views

    सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौँ,  माघ २ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक औंस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ । 

    images

    स्थानीय बजारमा प्रतितोला सुनमा रु. चार सयले वृद्धि भएको छ । आइतबार सोही परिमाणको पहेँलो धातु रु। एक लाख ५५ हजारमा खरिदबिक्री भएको थियो । आज एक तोला सुनको मूल्य रु. एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यसैगरी, चाँदीको मूल्य प्रतितोलामा रु. १० ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु। एक हजार आठ सय ३० निर्धारण भएको छ । रासस


    तेस्रो आँखा