• ट्रेण्डिङ्ग :
पुससम्म बागमती प्रदेश सरकारको बजे १६ प्रतिशत खर्च

पुससम्म बागमती प्रदेश सरकारको बजे १६ प्रतिशत खर्च


  • 2.4K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.8K Views

    पुससम्म बागमती प्रदेश सरकारको बजे १६ प्रतिशत खर्च

    बागमती, माघ ४ ।  बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिनुभयो । 

    images

    चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म रु १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ । चालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलको भनाइ छ । 

    विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१ दशमलव ५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले चार दशमलव छ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । रासस


    तेस्रो आँखा