• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो


  • 2.4K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो

     काठमाडौं, ४ माघ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।

    images

    छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३५ हजार ३ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।


    तेस्रो आँखा