• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ८ सय रुपैंयाले घट्यो

सुनको मूल्य तोलामा ८ सय रुपैंयाले घट्यो


  • 2.9K
    SHARES
    • माघ ६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.5K Views

    सुनको मूल्य तोलामा ८ सय रुपैंयाले घट्यो

    काठमाडौं, ६ माघ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

    images

    छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदी प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा