• ट्रेण्डिङ्ग :
राप्ती आधारभूत अस्पतालको भवन प्रचण्डद्धारा उद्घाटन हुदै

राप्ती आधारभूत अस्पतालको भवन प्रचण्डद्धारा उद्घाटन हुदै


  • 4.6K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.0K Views

    राप्ती आधारभूत अस्पतालको भवन प्रचण्डद्धारा उद्घाटन हुदै

    सिसहनियाँ, ८ माघ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ कालापानीमा नवनिर्मित पालिका स्तरीय राप्ती आधारभूत अस्पताल भवनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने भएको छ। पालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार माघ १२ गते दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ ।

    images

    पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका ‘प्रचण्ड’ माघ ११ र १२ गते माओवादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिकाको नगर अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भई त्यसपछि अस्पताल भवनको उद्घाटनका लागि सिसहनियाँ कालापानी आउने कार्यक्रम रहेको छ ।

    त्यस्तै भवन उद्घाटन कार्यक्रममा संघीय, प्रदेश र स्थानीय तहका विशिष्ट व्यक्तित्वहरू, स्वास्थ्यकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। उक्त कार्यक्रममा उपस्थितिका लागि पालिकाका अध्यक्ष प्रकाश विष्टले सबैलाई निमन्त्रणा गर्नुभएको छ।

  • सम्बन्धित विषय:

  • # तुल बहादुर कवँर मग

  • तेस्रो आँखा