काठमाडौं, २७ फागुन । पछिल्लो २४ घण्टामा नेपालभर ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालभर सात हजार नौ सय ८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाँच हजार छ सय सात जनाको पिसिआर परीक्षण गर्दा ६२ जनामा र दुई हजार तीन सय ७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने एक सय ८१ जना कोरोना संक्रमित निको भएका छन् ।
हाल नेपामा सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार दुई सय १२ रहेको छ ।
