प्रि–ओपन सेसनमा ४ अंक बढ्यो नेप्से

प्रि–ओपन सेसनमा ४ अंक बढ्यो नेप्से


  • 3.2K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.0K Views

    प्रि–ओपन सेसनमा ४ अंक बढ्यो नेप्से

    घोराही, १० माघ । साताको अन्तिम कारोबार दिन विहिबारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ दशमलव ७७ अंकले बढेको छ ।
    बुधवार ५२ अंकले बढेर २ हजार ६ सय ६५ पुगेको नेप्से २ हजार ६ सय ७० अंकमा पुगेको हो ।  लगातार ४ दिन बढेकाे नेप्से विहिबार पनि बढ्ने लगानीकर्ताहरुको अपेक्षा बमोजिम प्रि–ओपनमा पनि बजार हरियो नै देखिएको छ । प्रि–ओपनमा ३९ वटा कम्पनीको शेयर बढेको छ भने २९ वटा कम्पनीको शेयर घटेको छ । यस्तै कारोबारमा आएको ७ वटा कम्पनीको मुल्य स्थिर रहेको छ ।
    ७३ लाख ५९ हजार ९ सय ८३ रुपैयाँको कारोबार भएको प्रि–ओपन सेसनमा जलविद्युत र व्यापार बाहेक अन्य सबै उपसमूह बढेको छ । जलविद्युत उपसमूह सामान्य घटेको छ भने व्यापार उपसमूह स्थिर रहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # नेप्से

  • तेस्रो आँखा
    लेखकबाट थप