• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


  • 2.3K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.5K Views

    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं, १० माघ । नेपाली बजारमा साताको पाँचौँ दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

    images

    आज छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा