• ट्रेण्डिङ्ग :
आयोजना अलपत्र हुँदा खानेपानीमा समस्या

आयोजना अलपत्र हुँदा खानेपानीमा समस्या


  • 2.4K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.6K Views

    आयोजना अलपत्र हुँदा खानेपानीमा समस्या

    सर्लाही, १० माघ । छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् ।

    images

    स्वच्छ खानेपानी पाउने आशमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भैसक्दा पनि पानी खान नपाएको सिद्धार्थ टोल निवासी ३५ वर्षीया सरिता लामाले गुनासो पोख्नु भएको छ । खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दुःख पाएको उहाँको भनाइ छ ।

    लामाको आँगनमा गाडेको ट्युबेलबाट निकै आर्सेनिकयुक्त पनि आउने गरेको थियो । आर्सेनिक पानीले गाउँमा क्यान्सरको सङ्क्रमण फैलिएको हल्लापछि उहाँले पनि ट्युबेलको पानी प्रयोग बन्द गर्नुभयो ।

    तर, त्यसको विकल्पमा विपन्न परिवारले जारको पानी किनेर खाने अवस्था नरहेको उहाँ बताउनु हुनुन्छ । ‘बिहान पानी आउने समयमा कहिले बालबालिका स्कुल पठाउने चटारो हुन्छ’ लामाले भन्नुभयो, ‘पानी आएर गइसकेको हुन्छ । थाप्न पनि भ्याइँदैन । साँझमा पनि बिजुली भएको समय दुई घण्टा आउँछ । खाना पकाउने पानीसम्म पनि कि त किन्नु प¥यो कि त माग्नुपर्छ ।’

    लामाजस्तै हरिवन नगरपालिका–५, निवासी प्रेमशीलाकुमारी साहको समस्या पनि फरक छैन । घरमा एक्ले रहेनु भएको उहाँ कयैन पटक पानी थाप्न नपाउँदा खाने पानीसमेत किनेर खानुपरेको बताउनुभयो।

    अझ पानीको समस्याले धेरै महिलालाई पिरोल्ने गरेको उहाँको अनुभव छ । पानीको समस्याले परिवारमा कलह हुने तथा महिला घरेलु हिंसासमेतमा परेको उहाँको भनाइ थियो ।

    खेतबाट फर्कँदा पानी थाप्छ ढिला भएकाले छिमेकमा झैझगडासमेत हुने गरेको उहाँले सुनाउनुभयो । हुने खानेहरू जारको पानी किनेर खाने गर्छन्, विपन्न परिवार अलपत्र आयोजनाको चपेटामा रहेका उहाँको भनाइ छ । पानीको समस्याले पालेको पशु वस्तुसमेत बेच्नु परेको साहले गुनासो गर्नुभयो ।

    वि।सं २०७५ सालबाट निर्माण सुरु भएको आयोजनामा चरम ढिलासुस्ती भएपछि उपभोक्ता समितिले सिधै डिप बोरिङबाट पानी वितरण सुरु गरेको छ । यसले एकतर्फ स्थानीयलाई पानी कुरेर बस्नु पर्ने बाध्यता छ ।

    अर्कोतर्फ समितिको विद्युत् लगानीलगायतको खर्च आम्दानीभन्दा धेरै हुने गरेको सिद्धार्थ टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष मनोज लामाले गुनासो गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘सरासर काम गर्दा सात महिनामा सकिने काम छ वर्षदेखि अलपत्र पारेर राख्दा आयोजनाको लागत समेत बढिरहेको छ ।’नगर जिल्ला खानेपानी, प्रदेश तथा सङ्घीय सरकारसम्म पुग्दा पनि आश्वासन बाहेक केही नपाएको उक्त वडाका वडाध्यक्ष नागेन्द्र साहले बताउनु भएको छ ।

    पानी खुवाउन भनेर पाइप लाइन र धारासमेत वितरण भइसक्दा पनि ओभरहेड ट्याङ्की निर्माण नसकिएको उहाँको भनाइ छ । काम अलपत्र हुँदा वडाका नौ सय नौ हजार तीन सय घरधुरीले स्वच्छ खानेपानीको सुविधाबाट वञ्चित हुनुपरेको छ ।

    यस वडामा झण्डै डेढ दशकदेखि मानिसमा क्यान्सरजन्य घातक रोगको सङ्क्रमण देखिएको छ । क्यान्सरको सङ्क्रमणबाट आक्रान्त स्थानीयले पानीको समस्या आँकलन गर्दै ट्युबेलको पानी प्रयोग बन्द गरेका छन् ।

    त्यसयता यस वडामा मात्र एक दर्जन बढी गाउँका स्थानीयले पिउने पानीको सङ्कट झेलिरहेका छन् । यस क्षेत्रका ट्युबेलको पानी परीक्षणमा अत्यधिक मात्रामा आर्सेनिक फेला परेको थियो ।

    अत्यधिक आर्सेनिक युक्त पानी फेला परेको र स्थानीयमा क्यान्सरको महामारी रहेको विभिन्न सञ्चार माध्यममा खबर फैलिए पछि सङ्घीय सरकार अन्तरगत खानेपानी मन्त्रालयले पानी परीक्षण गराएको थियो । त्यसबाट यस क्षेत्रका ट्युबेलको पानी पिउन अयोग्य रहेको भन्दै प्रदेश सरकारले उक्त खानेपानी तथा सरसफाइ आयोजना सुरु गरेको थियो ।

    आयोजना अन्तरगत ओभरहेड ट्याङ्की निर्माण कार्य नै अलपत्र बनेपछि स्थानीयको खानेपानीको समस्या ज्युँका त्युँ बनेको हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकीले बताउनुभयो । प्रदेशबाट सुरु भएको योजना भएकोले नगरले लगानी गर्न पनि नसकेको र ताकेता गर्दा पनि अटेर गरेको उहाँको दाबी छ ।

    यता डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय मलङ्गवाका निमित्त प्रमुख रामनाथ साहले प्राप्त बजेट अभावमा समयमै कार्य सम्पन्न हुन नसकेको बताए । ‘यो सङ्घीय सरकारको योजना हो’ उहाँले भन्नुभयो, ‘वर्षेनी थोरै थोरै मात्र बजेट आउँदा काम ढिलाइ भएको हो ।’ यस वर्ष प्रदेश सरकारबाट ४० लाख विनियोजन भएकाले काम सम्पन्न हुने उनले विश्वास व्यक्त गर्नुभयो । दुई लाख २५ हजार घन मिटर क्षमताको ट्याङ्की निर्माणको लागि सङ्घ सरकारले गत वर्षसम्म ८० लाख खर्च गरिसकेको बताइएको छ । यस वर्ष सङ्घ सरकारबाट थप बजेट नआएपछि प्रदेशबाट ४० लाख हालेर काम सम्पन्न गर्ने योजना बनाएको उहाँको भनाइ थियो ।

    एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन २० गते कमलेश निर्माण सेवा लक्ष्मीपुर–५, सर्लाहीले ओभरहेड निर्माणको ठेक्का सकारेको थियो । निर्माण कम्पनीले कुल ७४ लाख ९९ हजार तीन सय ४२ रुपैयाँ २७ पैसामा ठेक्का लिएको डिभिजन खानेपानी कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा