घोराही, १० माघ । यो साता ५ दिन कारोबार भएको नेप्से समग्रमा ६६ अंकले बढेको छ ।
अन्तिम दिन ११.१० अंकले घटेपनि अन्य ४ दिन नेप्से लगातार बढेको थियो । अघिल्लो साता २ हजार ५ सय ८८ मा रहेको शेयर बजार नेप्से परिसुचक यो साता २ हजार ६ सय ५४ मा बन्द भएको छ ।
नेप्से बढेसँगै कारोबार पनि बढेको छ । गत साता २२ अर्बको शेयर कारोबार भएकोमा यो साता ३६ अर्बको कारोबार भएको छ । साताको सुरुवाती ३ दिन सामान्य अंकले बढेको नेप्से चौथो दिनमा ५२ अंकले बढेर हरियाली भएको थियो । चौथो दिनको बढोत्तरी पाचौं दिन आएर भने टिक्न सकेन बजारमा विक्रिकर्ता हाबी हुदा अन्तिम समयमा आएर बजार घटेर बन्द भएको थियो ।
