तुलसीपुर, १३ माघ । साताको पहिलो कारोबार दिन कारोबार रकम बढेपनि शेयर बजार (नेप्से) भने बढ्न सकेन ।
अघिल्लो कारोबार दिनभन्दा १०.४१ अंकले घटेर नेप्से परिसुचक २६४३.९३ विन्दुमा झरेको छ । जम्मा ९ अर्ब १२ करोडबढीको कारोबार भएको दिन बजारमा सबै सुचक घटे भने उपसुचक भने केहि बढेका छन् । अघिल्लो साता नेप्से २६५४.३५ विन्दुमा रहेको थियो । उक्त दिन ७ अर्ब ८५ करोडभन्दा बढीको कारोबार भएको थियो । आइतवार विकास बैंक ०.५९, जलविद्युत ०.५४, लघुवीत्त ०.७५, र अन्य उपसमूह ०.०३ प्रतिशतले बढेका छन् । यस्तै सबैभन्दा धेरै वीत्त समूह ४.७६ प्रतिशतले घटेको छ । यस्तै उत्पादन समूह पनि १.६६ प्रतिशतले घटेको छ भने अन्य उपसमूहहरु सामान्य घटेका छन् ।
बजार घटेपनि आइतवार माथिल्लो मैलुङ जलविद्युत र उपकार लघुवीत्तले सकारात्मक सर्किट हानेका छन् । यस्तै बोतलर्स नेपाल बालाजु, डोल्टी पावर र जानकी फाइनान्सले नकारात्मक सर्किट हाने । बजार घटेको दिन आइतवार १२१ कम्पनीको मुल्य घट्दा ११६ कम्पनीको मुल्य बढ्यो भने ६ कम्पनीको मुल्य परिवर्तन भएन् ।
आइतवार सबैभन्दा धेरै सप्तकोशी डेभलप्मेन्ट बैंकको शेयर कारोबार भएको छ । यो कम्पनीको ३९ करोड भन्दाबढीको शेयर कारोबार भयो ।
