• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ९ सय रुपैँयाले घट्यो

सुनको मूल्य तोलामा ९ सय रुपैँयाले घट्यो


  • 3.9K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.9K Views

    सुनको मूल्य तोलामा ९ सय रुपैँयाले घट्यो

    काठमाडौँ,  माघ १५ । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु‍ ९ सयले घटेको छ । 

    images

    आज एक तोला छापावाल सुनको मोल रु. एक  लाख ५९ हजार २ सय कायम भएको महासङ्घले जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार रु। एक लाख ६० हजार १ सय मा कारोबार भएको थियो । 

    यसैगरी, सोमबार रु. एक  हजार ८ सय ५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु. १५ ले घटेर रु. एक हजार ८ सय ३५ मा कारोबार भइरहेको  महासङ्घले जनाएको छ ।


    तेस्रो आँखा