फेरी उकालाे लाग्याे सुनको मूल्य

फेरी उकालाे लाग्याे सुनको मूल्य


  • 2.8K
    SHARES
    • माघ १८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.4K Views

    फेरी उकालाे लाग्याे सुनको मूल्य

    काठमाडौं, १८ माघ ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन तोलामा २३ सय रूपैयाँले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ९ सय १५ रूपैयाँ किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँले बढेको हो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवा

  • तेस्रो आँखा
    लेखकबाट थप