शेयर बजारमा छायो हरियाली, कारोबार रकम र अंक दुबैमा बृद्धि

शेयर बजारमा छायो हरियाली, कारोबार रकम र अंक दुबैमा बृद्धि


  • 3.3K
    SHARES
    • माघ २०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.1K Views

    शेयर बजारमा छायो हरियाली, कारोबार रकम र अंक दुबैमा बृद्धि

    तुलसीपुर, २० माघ । गत साता ३ दिन मात्र कारोबार भएको शेयर बजार यो साताको पहिलो दिनमै कारोबार रकम र अंकमा बृद्धि हुँदा बजारमा हरियाली छाएको छ ।
    आइतबार सेयर बजार ६९.८० अंक अर्थात २.६२ प्रतिशतले बढेको छ । उच्च अंकको वृद्धिसँगै नेप्से परिसूचक २७२७‍.५८ विन्दुमा पुगेकाे छ । यस्तै कारोबार रकम पनि बढेको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आइतवार १२ अर्ब ९५ करोडको भयो । आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्यो । २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो ।
    सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो । बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशत बढे ।
    मूल्य धेरै बढेका र घटेका कम्पनी
    आइतबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा अधिकांश माइक्रोफाइनान्स कम्पनी छन् ।
    उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
    त्यस्तै बजार बढ्दा पनि सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ८.२०, माथिल्लो मैलुङखोलाको ५.८५, मन्दाकिनी हाइड्रोपावरको ४.६ प्रतिशत मूल्य घट्यो ।
    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

    images

    बजारमा हरियाली छाएसँगै लागनीकतार्ताहरुमा पनि खुसीयाली छाएकाे छ । पछिल्लाे दुई महिना साइडवेज जस्तै रहेकाे बजारमा फेरि एउटा उछाल आउने आशामा लगानीकर्ताहरु रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेप्से

  • तेस्रो आँखा
    लेखकबाट थप