बुटवल ,२९ फागुन। लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले संसदमा अवरोध गरेर एमालेले अलोकतान्त्रिक काम गरेको टिप्पणी गरेका छन। संघीय संसदमा विपक्षी एमालेले लामो समयदेखि संसद अवरुद्ध गरेर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको उनको भनाई छ।
हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औंसाधारण सभा तथा ९ औं अधिवेशनलाई आईतबार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री केसीले यस्तो कुरा बताएका हुन। उनले एमालेले आफू भए ठिक नभए बेठिक भन्दै संसद अबरुद्ध गरेर लोकतन्त्र र गणतन्त्रकै खिल्ली उडाएको बताए। ‘एमालेले लोकतान्त्रीक संस्कार विर्सेर जनताको आवाज उठाउने ठाउँ बन्धक बनाएको छ, अनावश्यक मुद्धा र नारा बोलेर राजनीति गरेको हिसाव–किताव जनताले चुनावमा देखाईनेछ’ मुख्यमन्त्री केसीले भने।
उनले संविधानले ५ वर्षसम्म संसद विघटन गर्ने अधिकार नदिएको उल्लेख गर्दै केपि ओलीले संसद विघटन गरेर संविधानलाई नै लत्याउने काम गरेको बताए। ‘संविधानले पाँच वर्षसम्म कुनै पनि निकाय विघटन गर्ने अधिकार दिएको छैन, त्यसको दुरुपयोग ओलीले गसर्नभयो’ उनले भने –‘के त्यसो भए मैलै पनि प्रदेश विघटन गर्न मिल्छ त।’
उनले विपक्षी दलले देशलाई बन्धक बनाएको आरोप लगाए। लुम्बिनी प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गरेको उनले बताए। पूजीगत खर्च,राजस्व संकलन लगायतका कुरामा सरकार सक्रिय रहेको मुख्यमन्त्रीको भनाइ छ।
कल्पना डुम्रे
