काठमाडौं, २९ फागुन। सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ। लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो।
आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ। नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ। आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको छ। सेयर बजारमा करिब दुई महिनापछि यति ठूलो मात्रामा वृद्धि भएको हो।
आइतबार अधिकांश कम्पनीले नाफा कमाएका छन्। आजको कारोबारमा दुई सय ११ कम्पनीले नाफा कमाएका छन् भने सात कम्पनीले सर्किट हानेको छन्।
