क्यान्सर उपचारमा नयाँ पहल, निःशुल्क किमोथेरापीको घोषणा

क्यान्सर उपचारमा नयाँ पहल, निःशुल्क किमोथेरापीको घोषणा


  • 2.8K
    SHARES
    • माघ २३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.3K Views

    क्यान्सर उपचारमा नयाँ पहल, निःशुल्क किमोथेरापीको घोषणा

    काठमाडौं, २३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीहरूलाई निःशुल्क किमोथेरापी प्रदान गर्ने घोषणा गर्नुभएको छ । पोखराको सीतलादेवी स्कुलमा आयोजित एचपीभी खोप अभियानको उद्घाटन कार्यक्रममा उहाँले  यस्तो घोषणा गर्नुभएको हो ।

    images

    उहाँले क्यान्सर रोकथाम तथा उपचारमा सरकारको विशेष ध्यान रहने बताउनुभयो । ‘क्यान्सर नियन्त्रण केवल उपचारमा भर पर्ने होइन, बरु निरोधात्मक उपायहरू अवलम्बन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हालसम्म उपचारमा ठूलो आर्थिक भार पर्ने हुन्छ । अब रोकथाम, शीघ्र पहिचान र न्यून लागतमा उपचारलाई प्राथमिकता दिइनेछ ।’


    तेस्रो आँखा