• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १६ सय रुपैँयाले बढ्यो

सुनको मूल्य तोलामा १६ सय रुपैँयाले बढ्यो


  • 3.3K
    SHARES
    • माघ २४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.1K Views

    सुनको मूल्य तोलामा १६ सय रुपैँयाले बढ्यो

    काठमाडौँ, २४ माघ । पछिल्लो समय सुनको मूल्य उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । 

    images

    यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यसैगरी चाँदीको मूल्य पनि सामान्य बढेको छ । बुधबार तोलामा १ हजार ९ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    तेस्रो आँखा