खाद्य व्यवस्था कार्यालय तुलसीपुरले चामल र चीनीको मूल्य घटायो

खाद्य व्यवस्था कार्यालय तुलसीपुरले चामल र चीनीको मूल्य घटायो


  • 5.9K
    SHARES
    • माघ २४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 9.1K Views

    खाद्य व्यवस्था कार्यालय तुलसीपुरले चामल र चीनीको मूल्य घटायो

    दाङ, १५ माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले चामल र चीनीको विक्रि मूल्य घटाएको छ । चामलमम प्रति बोरा ७५ रुपैंया र चीनीमा प्रति किलो ५ रुपैंका दरले मूल्य घटाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर कार्यालयका प्रमुख तिलक सुनारले तेस्रो आखाँलाई जानकारी दिनुभयो । 

    images

    मूल्य घटेसंगै कम्पनीले २५ किलो  चामलको प्रतिबोराको मूल्य दुई हजार १७५ मा विक्रि गरिरहेको कार्यालयका प्रमुख सुनारले बताउनुभयो । यसअघि  खाद्य व्यवस्था कम्पनीले स्टिम जिरा मसिनो चामल प्रति बोराको मूल्य दुई हजार २ सय ५० रुपैंयामा विक्रि गदै आएको थियो । अहिले प्रति बोरामा ७५ रुपैंयाले मूल्य घटाएको प्रमुख सुनारले जानकारी दिनुभयो । बजारमा अहिले स्टिम जिरा मसिनो चामलको अत्यधिक माग रहेको उहाँको भनाई छ । उक्त  उपभोक्ताहरुको मागलाई सम्बोधन गरेर चामलको मूल्य घटाएको सुनारले बताउनुभयो । 

    यस्तै खाद्य व्यवस्था कम्पनीले चिनीको मूल्य पनि प्रति किलो ५ रुपैंयाका दरले घटाएको छ । प्रति किलो १ सय ५ रुपैंयामा विक्रि गदै आएको चिनी अहिले प्रति किलो १ सय रुपैंयामा विक्रि भइरहेको कार्यालय प्रमुख सुनारले बताउनुभयो । बजारमा उपभोक्ताहरको माग बढि र व्यापारीहरुले मनपरि तरिकाको मुल्य भएको हुनाले आम नागरिकलाई मार परेको उहाँको भनाइ छ । साथै सोही आवश्यकतामा मध्यनजर गर्दै चिनी र चामलको मुल्यमा सामान्य रुपैयाँ घटाएको प्रमुख सुनारले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # मूल्यमा घटायो

  • रुपा थापा
    लेखकबाट थप