‘दुई हप्ताभित्र चुनढुङ्गा खानीको अध्ययन गर्न टोली आउँछ’

‘दुई हप्ताभित्र चुनढुङ्गा खानीको अध्ययन गर्न टोली आउँछ’


  • 7.0K
    SHARES
    • माघ २४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 10.8K Views

    ‘दुई हप्ताभित्र चुनढुङ्गा खानीको अध्ययन गर्न टोली आउँछ’

    रोल्पा । त्रिवेणी गाउँपालिकामा रहेको चुनढुङ्गा उत्खनन्को विषयलाई लिएर स्थानीयहरु लामो समयदेखि आन्दोलित बनेपछि संघीय सरकारका उद्योग मन्त्री दामोदर भण्डारी रोल्पा पुगेका छन् ।

    images

    475650962_1617970902450774_3825742417877724572_n.jpg

    विहिवार चुनढुङ्गा खानी स्थलमा पुगेर स्थलगत अवलोकन गरेका मन्त्री भण्डारीले यसको विस्तृत अध्ययन गर्न दुई हप्ताभित्र अध्ययन टोली पठाउने प्रतिवद्धता जनाएका छन् । आन्दोलनरत स्थानीयको कुरा सुनेपछि भन्त्री भण्डारीले बस्ती र उद्योगसँगै हुन नसक्ने बताए । ‘कि त बस्ती सर्नुपर्छ, कि त उद्योग बन्द हुनुपर्छ’ मन्त्री भण्डारीले भने ‘हामी यसबारेमा उद्योगीसँग पनि बसेर समस्या समाधान गर्छाै ।’

    475337802_1243335080091255_1804384249653905263_n.jpg

    खानीलाई पनि चलाउनुपर्ने र बस्ती पनि बसाल्नुपर्ने भएकाले हामीले यसको समाधान गर्न उद्योगी र स्थानीयबीच बसेर समस्या समाधान गर्नैपर्ने पनि मन्त्री भण्डारीले बताए । ‘उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको तर्फबाट औद्योगिक प्रवद्र्धन महाशाखा प्रमुख जितेन्द्र बस्नेतको नतृत्वमा सिमेन्ट उद्योगहरुको समस्या समाधानका लागि अध्ययन टोली बनाएका छौं’ मन्त्री भण्डारीले भने ‘त्यो टोलीले अध्ययन गरेर विस्तृत प्रतिवेदन तयार गरेर यसको समाधान हुन्छ ।’
    स्थानीय सरकारसँगको समन्वयमा यहाँको स्थानीयको यथोचित मागलाई सम्बोधन गर्न सरकार आतुर रहेको पनि उल्लेख गरे ।

  • सम्बन्धित विषय:

  • # उद्योग मन्त्री

  • तेस्रो आँखा
    लेखकबाट थप