• ट्रेण्डिङ्ग :
पेट्राेलकाे मूल्य निरन्तर उकालाे

पेट्राेलकाे मूल्य निरन्तर उकालाे


  • 9.9K
    SHARES
    • फाल्गुण ३०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    पेट्राेलकाे मूल्य निरन्तर उकालाे

    काठमाडौं, ३० फागुन । नेपालमा अहिले पेट्रोलको मूल्य १५० रुपैयाँ प्रतिलिटर पुगेको छ। विभिन्न आन्दोलन र दबाबकाबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यको बृद्धिलाई रोकेको पाइदैन। यतिबेला इतिहासकै उच्च विन्दुमा पेट्रोलको मूल्य पुगेको छ। 

    images

    विगत ५ वर्षको अवधिमा पेट्रोलको प्रति लिटरमा झण्डै ५० रुपैयाँले वृद्धि भएको छ। ७४ सालमा ९७ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोल ५ वर्षपछिको फागुनमा १५० रुपैयाँ प्रतिलिटर पुगेको छ।  

    यस अवधिमा डिजेलमा प्रतिलिटर ५० र मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढेको छ । २०७४ सालमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर समान ८३र८३ रुपैयाँ थियो । त्यसयता २०७८ सम्म पुग्दा डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १३३र१३३ रुपैयाँ पुगेको छ । 

    अन्तर्राष्ट्रिय बजारमा डलरमा तोकिने कच्चा तेलको मूल्य खरिद गर्दा डलरमै भुक्तानी गर्नुपर्छ । जसकारण, डलर निरन्तर महँगो हुँदै जानु र नेपाली मुद्रा निरन्तर कमजोर हुँदै जाँदा पनि पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्दैछ।


    तेस्रो आँखा