पाँच दिनपछि ६ अङ्कले बढ्यो नेप्से

पाँच दिनपछि ६ अङ्कले बढ्यो नेप्से


  • 3.5K
    SHARES
    • माघ २९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.4K Views

    पाँच दिनपछि ६ अङ्कले बढ्यो नेप्से

     

    images

    काठमाडौं । लगातार पाँच कारोबार दिन घटेको सेयर बजार मंगलबार ६ अङ्कले बढेको छ ।

    आज नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३ अंकमा पुगेको छ । आज कारोबार रकम पनि केही बढेको छ । हिजो ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो ।

    यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढ्यो । हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै १.०५ प्रतिशत घट्यो ।

    अन्य ०.०१, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०४, जीवन बीमा ०.०८, होटल तथा पर्यटन ०.४७, फाइनान्स ०.२९ तथा बैंकिङ ०.२० प्रतिशत घटे ।

    भूगोल इनर्जीको १० तथा उपकार लघुवित्तको मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमकाम आधारमा सीईडीबी होल्डिङ्स, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
    चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन् । त्यस्तै सप्तकोशी विकास बैंकको ८.५, इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।

     

  • सम्बन्धित विषय:

  • # नेप्से

  • तेस्रो आँखा
    लेखकबाट थप