विद्यालय निस्वार्थ शिक्षा उत्पादन गर्ने संस्था : पुर्वमुख्यमन्त्री चाैधरी

विद्यालय निस्वार्थ शिक्षा उत्पादन गर्ने संस्था : पुर्वमुख्यमन्त्री चाैधरी


  • 4.7K
    SHARES
    • माघ २९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.2K Views

    विद्यालय निस्वार्थ शिक्षा उत्पादन गर्ने संस्था :  पुर्वमुख्यमन्त्री चाैधरी


    तुलसीपुर, २९ माघ । लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेपाली काङ्ग्रेसकाे केन्द्रीय सदस्य डिल्ली बहादुर चाैधरीले सामुदायिक विद्यालय निस्वार्थ शिक्षा उत्पादन गर्ने संस्था भएको बताउनु भएको छ । मावि दाेघरेकाे ५० अेाें बार्षिकाेत्सव (स्वर्ण महाेत्सव) समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनु भएको हाे  ।

    images


    सामुदायिक विद्यालयहरुकाे आफ्नै मूल्य मान्यताहरु रहेको उहाँले बताउनुभयो । मावि दाेघरेले काेमल वली जस्ताे विद्यार्थी उत्पादन गर्ने गर्वकाे कुरा भएको उहाँको भनाइ छ । जस्मा गायन, राजनीति र खेलाडी जस्ता गरिमा भएको कुराहरु रहेको बताउनुभयो । अहिले शिक्षा क्षेत्रमा छुट्टाछुट्टै स्तरकाे शिक्षा लिने प्रवृत्ति भएको उहाँले उल्लेख गर्नुभयो । धनीका छाेराछाेरिले र गरिबका छाेराछाेरीले पढ्ने विद्यालयनै फरकफरक रहेको उहाँको भनाइ छ ।


    सामुदायिक विद्यालय गरिब विद्यार्थीहरुले पढ्ने विद्यालय भनेर चिनिरहेकाे उहाँले बताउनुभयो । यस्ता खालका समस्याहरुलाई हटाउन चुनाैती पुर्ण रहेको उहाँको भनाइ छ । सामुदायिक विद्यालयले  विभिन्न किसिमका कला भएका विद्यार्थीहरु उत्पादन गर्न जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार सबै अभिभावकहरुकाे मनमा शिक्षा प्रति सकारात्मक साेच हुन आवश्यक छ ।IMG-20250211-WA0002.jpg


    सामुदायिक विद्यालयले उत्पादन गरेका विद्यार्थी हरु देशमा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा नै परिचित हुने गरि विद्यार्थी उत्पादन गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

    उक्त अवसरका विशिष्ट अतिथि एव पुर्व राष्ट्रिय सभा सदस्य काेमल वलिले विगत लामाे समयदेखि स्वर्ण महाेत्सव मनाउनेका लागि खटिएका सम्पूर्ण शिक्षकहरु प्रति आभार व्यक्त गर्नुभयो । आफुले दाेघरे स्कुलबाट शिक्षा प्राप्ति गर्न सुरु गरेको उहाँको भनाइ छ । सम्पूर्ण विद्यार्थीहरुलाई अभिभावकहरुले हर्दम साथ सहयोग तथा विशेष ख्याल गरेर पढाइ प्रति उत्प्रेरित गराउने आग्रह गर्नुभयो । विद्यार्थी जुन विषयमा सक्षम छन साेही बिषयलाई आधारीत गराएर अगाडि बढ्न उहाँको भनाइ छ । शिक्षालाई पहिलो प्राथमिकतामा राखेमा मात्र समाज परिवर्तन गर्न सकिन्छ । स्कुलकाे नाममा जग्गा पास गर्न सरकारसंग आग्रह गर्नुभयो ।

    तुलसीपुरकाे माध्यमिक विद्यायलय दाेघरे दाङकाे ५० अेाे बार्षिकाेत्सव (स्वर्ण महाेत्सव) समारोह सम्पन्न भएको छ । स्कुलकाे प्रतिवेदन प्रधानाध्यापक सरिता यादवले प्रस्तुत गर्नुभएकाे थियोे ।


    उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक तथा माैलिकता झल्काउने नृत्यहरु प्रस्तुतिकरण गरेका थिए । साथै विद्यार्थीहरुले बैज्ञानिकताकाे रुप झल्काउने विभिन्न किसिममा विषय एवं स्टलहरुलाई प्रस्तुतिकरण गर्दै अतिथि तथा अभिभावकहरुलाई उक्त बिषयहरुकाे बारेमा जानकारी गराएका थिए ।


    साथै उक्त अवसरमा शिक्षकहरुलाई, दान दाताहरुलाई, पुर्व शिक्षक तथा प्रधानाध्यापक, पर्व विद्यालय व्यवस्थापन समिति र विषेश समान गर्नुपर्न व्यक्तिहरुलाई समान गरेका थिए ।


    सहायक प्रधानाध्यापक  घनश्याम आचार्यकाे स्वागत मन्तव्यबाट सुरु भएको ५० अेाें स्वर्ण महाेत्सव समारोहकाे सहजिकरण मेगराज पाेख्रेलले गर्नुभएको थियोे ।


    तेस्रो आँखा