काठमाडौं, ३० फागुन । गायक प्रकाश सपुतले आफ्नो गीत ‘पीर’ का बारेमा विवाद भएपछि धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गीतलाई राजनीतिक मुद्दा नबनाउन पनि आग्रह गरेका छन् ।
उनले आफ्नो गीत राजनीतिक प्रतिशोध साध्ने नियतले नआएको र गीतको भावले पनि त्यो नबोलेको बताएका छन् । उनले आफूले तत्कालीन द्धन्दकालमा देखेका भोगेका दृष्टान्तहरुलाई गीतमा समावेश गरेको भन्दै उनले गीतले कसैको आत्मसम्मानमा चोट पुगेको भए माफी माग्नेसमेत उल्लेख गरेका छन् ।
