काठमाडौँ, फागुन १ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु. दुई हजार ३ सय ले बढेको हो ।
विहिवार प्रतितोला सुन रु. एक लाख ६७ हजार ५ सय मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६९ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु.३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ६५ निर्धारण गरिएको छ । रासस
