उद्योग र पर्यटन प्रवद्र्धनमा जोड दिऔं–मन्त्री न्यौपाने

उद्योग र पर्यटन प्रवद्र्धनमा जोड दिऔं–मन्त्री न्यौपाने


  • 2.2K
    SHARES
    • फाल्गुण १, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.3K Views

    उद्योग र पर्यटन प्रवद्र्धनमा जोड दिऔं–मन्त्री न्यौपाने

    तुलसीपुर । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्योग व्यवसाय र पर्यटन प्रवद्र्धनलाई स्थानीय र प्रदेश सरकारले जोड दिनुपर्ने बताएका छन् ।

    images

    Gate.jpg

    विहिवार तुलसीपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री न्यौपानेले महोत्सवहरुमा उद्योग व्यवसाय गर्न चाहाने युवाहरुलाई परामर्श दिने स्टलहरु पनि राख्न आग्रह गरे । ‘कोहि युवाहरु उद्योग व्यवसाय सञ्चालन गर्न चाहिरहेको हुन सक्छ’ न्यौपानेले भने ‘त्यस्ता युवाहरुलाई विशेष जानकारी दिने खालको स्टलहरु पनि राख्न जरुरी छ ।’

    Mahotsav.jpg 1.jpg

    जिल्लामा पर्यटनको प्रशस्त सम्भावना भएपनि यसलाई प्रवद्र्धन गर्न नसकिएको मन्त्री न्यौपानेको भनाई छ । ‘पोखराको फेवा ताल जस्तै हाम्रो दाङमा ज्यामिरे दह छ, चितवन र बर्दियाको भन्दा राम्रो दाङको थारु नाच छ’ मन्त्री न्यौपानेले भने ‘तर खै त हामीले त्यसलाई प्रवद्र्धन गर्न सकेको ?’
    Mahotsav.jpg 2.jpgस्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्र मिलेर अब जिल्लाको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । ‘लुम्बिनी घुम्न आउने पर्यटकलाई दाङसम्म ल्याउने वातावरण निर्माण गर्न सबै क्षेत्र मिलेर लाग्नुपर्छ’ मन्त्री न्यौपानेले भने ।
    ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आजदेखि सुरु भएको दोस्रो तुलसीपुर महोत्सव फागुन १६ गतेसम्म चल्ने महोत्सव मुल आयोजक समितिका संयोजक तथा महोत्सवको आयोजना तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले जानकारी दिए ।

    Picg.jpg

    स्थानीय वस्तुको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संचालन गरिएको महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तीय सूचना प्रविधिको प्रदर्शनी गरिने भएको छ । यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकीयस्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने लोक नृत्य तथा झाँकी, बालउद्यान पनि महोत्सवमा राखिएको छ ।

    Mahotsav.4.jpg

    महोत्सवमा ५ सय बढि स्टलहरु राखिएको छ ।

    Mahotsav.jpg

  • सम्बन्धित विषय:

  • # तुलसीपुर महोत्सव

  • तेस्रो आँखा
    लेखकबाट थप