• ट्रेण्डिङ्ग :
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो


  • 2.6K
    SHARES
    • फाल्गुण ४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.0K Views

    पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

    काठमाडौँ, फागुन ४ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर  एक रुपियाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपियाँले घटाएको छ ।

    images

    मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६५ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १६७ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपियाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १५३ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपियाँ कायम गरिएको छ ।  

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।

    इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.५८ बढेर र डिजेलमा रु ३.५९ घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ । 


    तेस्रो आँखा