अस्पतालबाट अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै

अस्पतालबाट अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै


  • 2.8K
    SHARES
    • फाल्गुण ५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.3K Views

    अस्पतालबाट अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै

    काठमाडौं, ५ फागुन । कीर्तिपर अस्पतालले गत २ दिनदेखि उपचारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ । 

    images

    सोमबार अस्पतालले विज्ञप्ती जारी गर्दै दुबै जनाको जलनको घाउ निको भएको र फोक्सोमा कुनै खराब असर परेको जानकारी गराएको हो । 
    अस्पतालले आजै अर्थमन्त्री पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने तर मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केहि दिन थप उपचार हुने जानकारी गराएको छ ।

    साथै, मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ ।


    तेस्रो आँखा