काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/८३का लागि योजना आयोगले बजेट सिलिङको अनुमाति स्रोत मन्त्रालयलाई दिएको छ। त्यसमा उसले बजेट १९ खर्ब पुर्याउन सकिने स्रोतहरू औंल्याइदिएको छ।
आयोगले मन्त्रालयलाई बुझाएको ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अनुसार आगामी वर्षको बजेट १९ खर्ब बराबरको हुनसक्छ।
चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको थियो। मध्यावधि समीक्षासम्ममा योमध्ये लगभग १७ खर्बजति खर्च हुने अनुमान छ।
हरेक वर्ष वर्षको जेठ १५ गते सरकारले बजेट सार्वजनिक गर्छ। यसपालि सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्दै फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरी त्यसको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन आयोगलाई भनेको थियो।
