• ट्रेण्डिङ्ग :
तुलसीपुर महोत्सव आज ‘हाउसफूल’

तुलसीपुर महोत्सव आज ‘हाउसफूल’


  • 5.0K
    SHARES
    • फाल्गुण ६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.8K Views

    तुलसीपुर महोत्सव आज ‘हाउसफूल’

    दाङ, ६ फागुन । दाङको तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुतिमा हेर्न हजारौं दर्शक उपस्थित भएका छन् । चौहानले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दा माहोल झन् रोमाञ्चक बनेको थियो । 

    images

    एलिनाले ‘धोकेबाज हौ तिमी’, ‘दुश्मन हेरेको हेरेइ’, ‘मिनिरल वाटर’ `कट्टा हान्दिन्छु´ ` याे भाग्यमा खाेट छ´ जस्ता चर्चित गीतहरू गाएपछि दर्शकहरू उत्साहित थिए । आज कार्यक्रमस्थलमा दर्शकको उपस्थिति उल्लेखनीय देखिएको साँस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो । उहाँले भोलि पनि चर्चित कलाकारको प्रस्तुति रहने बताउनुभयो । 

    ‘स्थानीय कलाकारहरूसँगै राष्ट्रियस्तरका चर्चित कलाकारहरूको प्रस्तुति पनि हुने क्रम जारी रहेको छ ।’ उहाँले भन्नुभयो–‘एलिनाको प्रस्तुति महोत्सवकै मुख्य आकर्षणमध्ये एक पनि हो, अब झन्‌पछि झन् दर्शकको ओइरो लाग्नेक्रम जारी छ ।’ महोत्सवमा दाङसहित रोल्पा, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्वबाट पनि दर्शकको उपस्थिति हुने गरेको छ ।

    received_1601140507197198.jpeg

    तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको यो महोत्सव फागुन १६ गतेसम्म चल्नेछ । महोत्सवमा व्यापारिक स्टलहरू, स्थानीय कला संस्कृति प्रदर्शन, तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले बताउनुभयो । ‘महोत्सवमा झन्‌पछि झन् दर्शकको सहभागिता बढ्दै गएको छ ।’ उहाँले भन्नुभयो–‘आज त झन् ‘हाउसफूल’ नै भयो ।’ 

    भोलि सार्वजनिक बिदा परेका कारण पनि दर्शकको उपस्थिति उल्लेख्य हुने छ । ‘भोलिको लागि आज नै टिकट काटिसकेको अवस्था पनि छ ।’ उहाँले भन्नुभयो–‘यस हिसावले पनि भोलि धेरै दर्शक हुने अनुमान गरिएको छ ।’ आयोजकहरूका अनुसार यो वर्ष महोत्सवमा ५०० भन्दा बढी स्टल राखिएका छन् ।

    received_1341137587025601.jpeg


    तेस्रो आँखा