तुलसीपुर, ६ फागुन । दाङको तुलसीपुरमा धतुरोको फल खाँदा एकजना बिरामी परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ७४ वर्षीय ललित नारायण श्रेष्ठले आफ्ना नातिनातिनाहरूले खेलाइरहेको धतुरोको फल अनजानमै खाँदा बिरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुसार धतुरो सेवनबाट अचेत अवस्थामा रहेका श्रेष्ठको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
