घोराही । शेयर बजार परिसुचक नेप्से पछिल्लो तीन कारोबार दिनमा निरन्तर उकालो लागेको छ ।
गत साता दुई हजार ६ सय ७८ विन्दुमा रहेको नेप्से यो साताको तीन कारोबार दिनमा ६२ अङ्कले बढेर दुई हजार ७ सय ४० विन्दुमा पुगेको हो । साताको पहिलो कारोबार दिन आइतवार १९, दोस्रो दिन २९ र तेस्रो दिन १२ अङ्कले बढ्यो । यस्तै कारोबार रकमले पनि निरन्तर साथ दिएको छ । साताको पहिलो दिन ९ अर्बभन्दा बढीको कारोबार भएकोमा दोस्रो र तेस्रो दिन १०÷१० अर्बको कारोबार भएको छ ।
निरन्तर उकालो लागेको बजारमा हाइ क्यापहरु प्नि चल्न थालेपछि अब बजारमा बुल सुरु भएको विश्लेषकहरुको भनाई छ ।
