• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो


  • 2.6K
    SHARES
    • फाल्गुण ९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.1K Views

    सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घट्यो

    काठमाडौं, ९ फागुन । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

    images

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा