‘बी’ डिभिजन लिगः आरसिटी सँग श्री भगवती पराजित

‘बी’ डिभिजन लिगः आरसिटी सँग श्री भगवती पराजित


  • 7.6K
    SHARES
    • चैत्र १, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    ‘बी’ डिभिजन लिगः आरसिटी सँग श्री भगवती पराजित

    काठमाडौं, १ चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत श्री भगवती फुटबल ब्लब रानीपोखरी कर्नर टिम (आरसिटी) सँग पराजित भएको छ ।

    images

    मंगलबार भएको दोस्रो खेलमा श्री भगवती टिम आरसिटीसँग तीन शुन्यको गोल अन्तरले पराजित भएको हो । लिग अन्तर्गत यो भगवतीले बेहोरेको पहिलो हार हो । 

    आरसिटीलाई जित दिलाउन प्रज्वल गुरुङले खेलको २६ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

    त्यसपछि खेलको ४० औं मिनेटमा साहिल केसीले एक गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । 

    जितसँगै पाँच खेलबाट आठ अंक जोडेको आरसिटी तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान पाँच खेल खेलेको श्री भगवतीे १० अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा बसेको छ । 

    यस अघि आजै भएको पहिलो खेलमा सरस्वती युथ क्लबले मध्यपुर युथ एसोसियसनलाई दुई एक गोल अन्तरले पराजित गरेको थियो । 

     

     

     

  • सम्बन्धित विषय:

  • # बी डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप